• १४:५२ २०८० चैत्र १६ गते
  • 2:52 pm

यूनाइटेड इन्स्योरेन्सको लाभांश नलिए सेयरधनीहरुलाई लिन आउन आग्रह

प्रकाशित मिति

२०७९ कार्तिक २४ गते, बिहीबार १०:२५

UICunited insurance

२४ कात्तिक २०७९, काठमाडौँ : यूनाइटेड इन्स्योरेन्स कम्पनीले लाभांश नलिएका सेयरधनीहरुलाई लिन आउन आग्रह गरेको छ । कम्पनीले विभिन्न आर्थिक वर्षमा सेयरधनीहरुलाई प्रदान गरेको नगद लाभांश रकम बुझिलिन आग्रह गरेको हो । बुझिलिन बाँकी रहेको नगद लाभांश कम्पनीको सेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङमा आवश्यक कागजपत्र सहित ३० दिनभित्र सम्पर्क गर्नुपर्नेछ । यदि सो अवधिमा लाभांश लिन नआएमा लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले जनाएको छ ।

प्रतिकृया