• ११:२८ २०८० फाल्गुन १३ गते
  • 11:28 am

बसुन्धरामा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु, चालक नियन्त्रणमा

प्रकाशित मिति

२०७९ कार्तिक २४ गते, बिहीबार ०८:४१

accident e1664802461700

२४ कात्तिक २०७९, , काठमाडौं : काठमाडौंको बसुन्धरामा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका वडा नं ३ बसुन्धरा चक्रपथ क्षेत्रमा नारायणगोपाल चोकबाट बसुन्धरा जाँदै गरेको ना ८ ख १८४१ नम्बरको ट्रकले बागमती प्रदेश ०२–०३२ प २२२७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुईजनाको बुधबार राती मृत्यु भएको हो ।


मृत्यु हुनेमा कास्की पोखरा महानगरपालिका वडा नं ९ घर भएका ४७ वर्षीय बेलबहादुर रानामगर र सोही क्षेत्रकी ४७ वर्षीय कल्पना रानामगर रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।


तीव्र गतिका कारण सवारी दुर्घटना भएको प्रवक्ता भट्टले बताए । प्रहरीले दुर्घटनामा सङ्लग्न ट्रक र ट्रक चालक चितवनका २५ वर्षीय राम हमाललाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया