• 9:34 am

क्यासपियन तटमा १३० लोपोन्मुख सिल मृत फेला

प्रकाशित मिति

२०७९ कार्तिक २४ गते, बिहीबार ०७:४६

२४ कात्तिक २०७९, एजेन्सी : क्यासपियन सागरको कजाख समुद्र तटहरूमा १३० भन्दा बढी लोपोन्मुख सिल मृत फेला परेका छन् । कजाकिस्तानको पर्यावरण मन्त्रालयले देशको पश्चिममा क्यासपियन सागरको तटहरूमा १३१ सिलहरू मृत फेला परेको जनाएको छ । शव परीक्षण गरिने र यस क्षेत्रको माटो र पानीको नमुनाहरू विश्लेषण गरिने काजाख वातावरण विशेषज्ञहरूले बताए ।


संसारको सबैभन्दा ठूलो अन्तरदेशीय पानी क्यासपियन सागरमा अवस्थित यी सिललाई काजाख सरकारले नोभेम्बर २०२० मा लोपोन्मुख प्रजातिहरूको सूचीमा राखेको थियो । क्यासपियन सागर पाँच देशहरूः रूस, काजाकिस्तान, अजरबैजान, इरान र तुर्कमेनिस्तानले घेरिएको छ । क्यासपियन सागरको सिल जनसंख्या दशकौंदेखि अत्यधिक सिकार र औद्योगिक प्रदूषणको प्रभावबाट ग्रस्त छ ।

प्रतिकृया