• 12:48 pm

दोस्रो अन्तराष्ट्रिय प्रत्यारोपण सम्मेलन हुँदै

प्रकाशित मिति

२०७९ कार्तिक २३ गते, बुधबार ०५:२४

२३ कार्तिक २०७९, काठमाडौँ: शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुुर र अंग प्रत्यारोण समाज नेपालको संयुक्त अयोजनामा यही मिति २०७९ कार्तिक २६ र २७ गते होटल एभरेष्ट, नयाँ बनेश्वरमा दोस्रो अन्तराष्ट्रिय प्रत्यारोपण सम्मेलनको आयोजना हुन गइरहेको छ । उक्त सम्मेलनमा अमेरिका, जापान, भारत, बंगलादेश, स्लोभानिया तथा नेपालका ख्याति प्राप्त प्रत्यारोपण विज्ञहरु, र नेपालका समाजसेवी, पत्रकार कानून व्यवसायी तथा जिल्ला अस्पताल सम्मका अस्पताल प्रमुख र नर्सिङ्ग प्रमुखका पनि सहभागिता हुने र जसले गर्दा व्यापक जनचेतना अभिवृद्धि र अंग प्रत्यारोपण सम्बन्धि अनुभवको आदान प्रदानबाट प्रत्यारोपण कार्य विस्तार हुने विश्वास गरिएको छ ।


उक्त सम्मेलनमा नेपालको तर्फबाट १६ वटा कार्यपत्र र विदेशी विज्ञहरुबाट १२ वटा कार्यपत्रहरु पत्रहरु प्रस्तुत हुने सूचि रहेको छ । उक्त सम्मेलनको नारा विकासोन्मुख मुलकहरुको लागि मूत्यू पर्यन्त अंगदान र प्रत्यारोपण भन्ने रहेको छ जसबाट विकासोन्मुख मुलुकमा रहेका अंगदान सम्बन्धि रहेका समस्या र सोको समाधान तथा मृत्यू पश्चात अंग दिन सकिने जुन प्रवाधानको व्यापक प्रयोग हुने र विदेशी मुलुकमा जस्तै अंग प्रत्यारोपण कार्य सूचारु हुने विस्वास गरिएको छ ।

प्रतिकृया