• 10:01 pm

विश्वकपको अवधिमा नेपाली दूतावास चार घण्टा मात्र खुल्ने

प्रकाशित मिति

२०७९ कार्तिक २१ गते, सोमबार ०७:१२

२१ कात्तिक २०७९, दोहा : आगामी नोभेम्बर २० मा सुरु हुने कतार विश्वकप-२०२२ को अवधिमा कतारस्थित नेपाली दूतावास चार घण्टा मात्रै खुल्ने भएको छ । कतार सरकारको मन्त्रीपरिषद्ले गरेको सरकारी कार्यालयहरू खुल्ने समय परिवर्तनसम्बन्धि निर्णयलाई ध्यानमा राख्दै कार्यालयको समयावधि घटाइएको दूतावासले जनाएको छ ।


एक सूचनामार्फत नोभेम्बर १३ देखि १९ डिसेम्बरसम्म स्थानीय समयअनुसार बिहान ७ देखि ११ बजेसम्म मात्र दूतावास खुला रहने जनाइएको छ । अत्यावश्यक काम, जरुरी जानकारी तथा कन्सुलर सेवाको लागि दूतावासको ४४६७५६८१ र ४४६७५६८३ नम्बरमा दिउँसो २ बजेसम्म सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ । २० डिसेम्बरदेखि दूतावास पूर्ववत् नियमित कार्यालय समयअनुसार खुला रहने सूचनामा उल्लेख छ ।


कतारले आगामी २० नोभेम्बरदेखि १८ डिसेम्बरसम्म हुने बहुप्रतिक्षित फिफा वर्ल्ड कप २०२२ लाई सफल बनाउन कार्यालय समयावधि घटाएको हो ।

प्रतिकृया