• ३१ भदौ २०८३, बुधबार
  • ८ः५३ राती

पर्साका अनुगमन अधिकृतलाई सुरक्षा माग गर्दै आयोगले पठायो प्रहरीलाई पत्र

प्रकाशित मिति

२०७९ कार्तिक २१ गते, सोमबार ०७:०८

२१ कात्तिक २०७९, काठमाडौँ : पर्सामा निर्वाचन आचारसंहिता अनुगमन अधिकृतका रूपमा खटिएका प्रमुख कोष नियन्त्रक रूद्रबहादुर कार्कीलाई सुरक्षा दिन निर्वाचन आयोगले प्रहरीलाई आग्रह गर्दै पत्र लेखेको छ। आयोगले जिल्ला प्रहरी कार्यालय पर्सालाई पत्र पठाएर निर्वाचन अनुगमन अधिकृत कार्कीलाई सुरक्षा दिन भनेको हो। कार्कीलाई पर्सा क्षेत्र नम्बर ४ प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका नेपाली कांग्रेसका रमेश रिजालले धम्की दिएको आरोप छ।

National Life

निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई धम्की दिएकोले आवश्यक सुरक्षा प्रबन्ध गर्न प्रहरीलाई आयोगले पत्र पठाएको आयोगले जानकारी दिएको छ। कार्कीलाई उम्मेदवार रिजालले फोनबाट धम्की दिएको र गालीगलौज गरेको भन्ने लिखित उजुरी प्राप्त भएकाले आवश्यक सुरक्षा प्रबन्ध तत्काल मिलाउन आयोगले भनेको छ। साथै उम्मेदवार रिजालका आचारसंहिता विपरीतका गतिविधि उपर आवश्यक निगरानी गरी आयोगमा प्रतिवेदन पेश गर्न भनिएको छ।


निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २० को उपदफा (१) को खण्ड (घ) अनुसार निर्वाचनमा संलग्न कर्मचारीलाई धाक, धम्की वा डर, त्रास देखाउन हुँदैन। सोही ऐनको उपदफा (४) मा त्यस्तो कसुर गर्ने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ।

Classic Tech Mobile
Classic Tech Desktop

आयोगले ती व्यवस्थाका साथै निर्वाचन आचारसंहिता, २०७९ को दफा (४) को खण्ड (ढ) मा निर्वाचनको विश्वसनीयतामा वा आयोग, आयुक्त वा कर्मचारीको प्रतिष्ठानमा प्रतिकूल असर पर्ने गरी कुने अवाञ्छित लाञ्छना लगाउन नहुने व्यवस्थाहरूबारे स्मरण गराएको छ। सो दफाको खण्ड (ण) मा कसैको चरित्र हत्या गर्न, व्यक्तिगत लाञ्छना लगाउन, मानहानी गर्न वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरुपमा उत्पादन गर्न तथा त्यस्ता सामग्री कुनै माध्यमबाट प्रकाशन वा प्रसारण गर्न नहुने व्यवस्था रहेको छ।

प्रतिकृया