एनआइसी एसिया लघुवित्तको नाफा किन भयो प्रभावित ?
प्रकाशित मिति
२०७९ कार्तिक २१ गते, सोमबार ०७:२३

२१ कात्तिक २०७९, काठमाडौं : चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा एनआइसी एसिया लघुवित्तको खुद नाफा प्रभावित भएको छ । यसअवधिमा यसको खुद नाफा ६८.१८५ ले घटेर ६ करोड ५७ लाख ९५ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २० करोड ६७ लाख ५७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै घटेकाले खुद नाफा प्रभावित भएको हो ।
खराब कर्जा र इम्पेयरमेन्ट चार्ज बढ्नु नाफा घट्नुको अर्को कारण हो । यसअवधिमा खुद ब्याज आम्दानी ३१.०९५ ले घटेर २९ करोड २ लाख ५७ हजार रुपैयाँमा आएको छ । सञ्चालन नाफा ६८.१७५ ले घटेर ९ करोड ३९ लाख ८१ हजार रुपैयाँमा सीमित भएको छ । खराब कर्जा २.२६५ ले बढेर ३.८१५ पुगेको छ ।
खराब कर्जा बढेसँगै गत वर्ष ४ करोड ७२ लाख ४५ हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष ६६ करोड ९१ लाख ९३ हजार रुपैयाँ पुगेको छ । असोज मसान्तसम्म एनआइसी एसिया लघुवित्तको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ८५ पैसा र प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ ७९ पैसा छ ।

प्रतिकृया