• १२ असोज २०८३, सोमबार
  • ३ः०२ राती

श्रीलंकन क्रिकेटर गुणथिलाका यौन हिंसाकाे आरोपमा पक्राउ

प्रकाशित मिति

२०७९ कार्तिक २० गते, आईतवार १०:४९

२० कार्तिक २०७९, काठमाडौँ: अष्ट्रेलियामा आईसिसी टी–२० विश्वकप खेलिरहेका श्रीलंकन क्रिकेटर दानुस्का गुणथिलाका यौन हिंसा आरोपमा पक्राउ परेका छन्।उनीविरुद्ध २९ वर्षीय महिलाले यौन हिंसा ‘सेक्सुअल एजल्ट’ गरेको आरोप लगाएकी छिन्। घटना पूर्वी सिड्नीमा गत साता भएको दावी गरिएको छ।

National Life

टिम बसिरहेको होटलबाट आइतबार बिहान उनलाई नियन्त्रणमा लिइएको छ। डेटिङ एप्समार्फत सम्पर्कमा आएकी ती महिलासँग धेरैपटक कुराकानी भएपछि गुणथिलाकाले भेटेको क्रिकइन्फोले उल्लेख गरेको छ।


गुणथिलाका ह्यामस्टिङ इन्जुरीका कारण जारी विश्वकपको पहिलो चरणबाटै टोलीबाट बाहिरिएका थिए। तर उनी अष्ट्रेलियामा टिमसँगै बसिरहेका थिए। न्यु साउथ वेल्स प्रहरीका अनुसार गत बुधबार साँझ गुणथिलकाले ती महिलामाथि आक्रमण गरेको आरोप लागेपछि अनुसन्धान भइरहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

३१ वर्षीय गुणथिलाकाले श्रीलंकाका लागि टेस्ट क्रिकेटमा ८ खेल खेल्दै २ अर्धसतक, एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा ४७ खेल खेल्दै २ सतक र ११ अर्धसतक तथा टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ४५ खेल खेल्दै तीन अर्धसतक बनाएका छन्।


श्रीलंकाले शनिबार मात्र सुपर–१२ को आफ्नो अन्तिम खेल खेलेको थियो। एसिया कप च्याम्पियन श्रीलंका यसपटक सुपर–१२ बाट अगाडि बढ्न सकेन।

प्रतिकृया