• १४ असोज २०८३, बुधबार
  • १ः२० दिउँसो

जबरजस्ती करणी र अपहरण तथा शरिर बन्धक मुद्दाका फरार प्रतिवादी पक्राउ

प्रकाशित मिति

२०७९ कार्तिक १६ गते, बुधबार ०४:५१

१६ कात्तिक २०७९, काठमाडौँ : जबरजस्ती करणी र अपहरण तथा शरिर बन्धक मुद्दाका फरार प्रतिवादी वारबर्दिया नगरपालिका-६ बस्ने प्रेमलाल थारुलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत बर्दिया गुलरियाको २०७५ असार १३ गतेको फैसलाले जबरजस्ती करणी र अपहरण तथा शरिर बन्धक मुद्दामा २ महिना कैद सजाय ठहर भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले लुकिछिपी बसेको अवस्थामा उनकै घरबाट पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत गुलरिया बर्दियाको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय बर्दिया पठाइएको छ ।

National Life

प्रतिकृया