• ११:०० २०८१ बैशाख ४ गते
  • 11:00 am

टी–२० विश्वकपमा नेदरल्याण्ड्सले जिम्बावेलाई हरायो

प्रकाशित मिति

२०७९ कार्तिक १६ गते, बुधबार ०१:४७

T20 WC NED

१६ कात्तिक २०७९, काठमाडौँ : अस्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेटमा सुपर १२ अन्तर्गत समूह बीको खेलमा नेदरल्याण्ड्सले जिम्बावेलाई पाँच विकेटले पराजित गरेको छ । एडिलेडमा भएको खेलमा जिम्बावेले दिएको ११८ रनको लक्ष्य नेदरल्याण्ड्सले दुई ओभर बाँकी छँदा पाँच विकेट गुमाएर भेट्टाएको हो । नेदरल्याण्ड्सका ओपनर म्याक्स ओडोडले ५२ रनको अर्धशतकीय पारी खेल्दै टिमको जित आधार तय गरेका थिए ।


ओडोडले ४७ बलमा ८ चौका र १ छक्का प्रहार गरे । त्यस्तै टम कुपरले ३२ रन जोडे । यी दुईले दोस्रो विकेटका लागि ७४ रनको साझेदारी गरे । बलिङमा जिम्बावेका रिचर्ड गारावा र ब्लेसिङ मुजाराबानीले २–२ विकेट लिए ।


यसअघि टस जितेर ब्याटिङ गरेको जिम्बावे १९.२ ओभरमा अलआउट हुँदा ११७ रनको सामान्य योगफल खडा गर्न सक्यो ।

प्रतिकृया