• ११:२५ २०८१ बैशाख ४ गते
  • 11:25 am

नापोलीलाई हराए पनि लिभरपुल दोस्रो

प्रकाशित मिति

२०७९ कार्तिक १६ गते, बुधबार ०९:२०

313873166 1093426294650911 49587619257958795 n ZUP7qREyPb

१६ कात्तिक २०७९, एजेन्सी : लिभरपुलले च्याम्पियन्स लिगमा नापोलीलाई पराजित गरे पनि समूह ए को दोस्रो स्थानमा नै चित्त बुझाउन बाध्य बनेको छ । योर्गन क्लपको टोलीले शनिबार लिड्स युनाइटेडसँग बेहेरेको हार बिर्साउँदै मंगलबार राति नापोलीलाई २–० गोलले पराजित गरेको हो । योसँगै नापोलीको २१ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।


लिभरपुललाई जीत दिलाउन मोहमद शालाहले खेलको ८५ औँ मिनेटमा गोल गरे भने डार्विन नुनेजले इन्जुरी समयको अन्त्यतिर दोस्रो गोल थपे । जीतका बाबजुद गोल अन्तरका आधारमा लिभरपुल समूहमा दोस्रो स्थानमा चित्त बुझाउन बाध्य बन्यो । दुवै टोलीको समान १५ अङ्क भए पनि नापोली शीर्ष स्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गर्न सफल रह्यो ।

प्रतिकृया