• ११ असोज २०८३, आइतबार
  • ८ः४३ राती

इन्ज्युरी समयमा लेवान्डोस्कीको गोल, बार्सीलोना शीर्ष स्थानमा

प्रकाशित मिति

२०७९ कार्तिक १३ गते, आईतवार ११:५६

१३ कार्तिक २०७९, काठमाडौँ: बार्सिलोनाले स्पेनिस ला-लिगा फुटबलमा संघर्षपूर्ण जित निकालेको छ। शनिबार राति भएको खेलमा इन्ज्युरी समयमा रोबर्ट लेवान्डोस्कीले गरेको एकमात्र गोल निर्णायक बन्दा बार्सिलोनाले ३ अंक हांसिल गर्‍याे । लेवान्डोस्कीले राफिन्हाको क्रसलाई सदुपयोग गर्दै सिजनमा १३ औँ गोल संभव बनाए ।

National Life

त्यसअघि पहिलो हाफअघि लेवान्डोस्कीले गोलको राम्रो मौका चुकाएका थिए। उनको हेड पोलमा लाग्दा संभावित गोलबाट बार्सिलोना चुकेको थियो । ५०औँ मिनेटमा भ्यालेन्सियाका लिनोले गोल गरेका थिए। तर, भिएआरको सहायताबाट उनको गोललाई मान्यता दिइएन ।


गोलअघिको फाउलको कारण उनको गोलले मान्यता नपाएको हो। खेलमा बार्सिलोनाले अधिकांश समय बल नियन्त्रणमा राखेको थियो । जितसँगै बार्सिलोना पुन: शीर्ष स्थानमा फर्किएको छ। बार्सिलोनाले १२ खेलमा ३१ अंक जोडेको छ। भ्यालेन्सिया १५ अंक जोडेर १० औँ स्थानमा रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

एक खेल कम खेलेको रियल म्याड्रिडको पनि ३१ अंक रहेको छ। २३ अंकका साथ एट्लेटिको म्याड्रिड तेस्रो स्थानमा रहेको छ ।

प्रतिकृया