• ११ असोज २०८३, आइतबार
  • ३ः०० दिउँसो

डी ब्रुएनको उत्कृष्ट गोल, म्यानचेस्टर सिटी शीर्ष स्थानमा

प्रकाशित मिति

२०७९ कार्तिक १३ गते, आईतवार ०८:१९

१३ कात्तिक २०७९, काठमाडौँ : इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार भएको खेलमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई हराएको छ। लेस्टरलाई उसकै घरेलु मैदानमा पराजित गर्ने क्रममा सिटीका लागि केभिन डे ब्रुएनले फ्री किकलाई खेलको ४९ औँ मिनेटमा उत्कृष्ट गोलमा परिणत गरे।

National Life

पहिलो हाफ गोलरहित बराबरी सकिएको अवस्थामा सिटीलाई दोस्रो हाफको सुरुवातमै डी ब्रुएनले गरेको गोल नै निर्णायक बनेको छ। सिटी प्रमुख स्ट्राइकर इर्लिङ हालान्डबिना नै मैदानमा उत्रिएको थियो। स्वास्थ्य समस्या र खुट्टाको चोटका कारण उनलाई सिटीले विश्राम दिएको छ।


यो महत्वपूर्ण जितपछि सिटी १२ खेलबाट २९ अंकसहित लिगको शीर्ष स्थामा उक्लिएको छ। एक खेल कम खेलेको आर्सनलले २८ अंक बनाएको छ। पराजित लेस्टरले १२ खेलबाटै ११ अंकसहित लिगको १७ औँ स्थानमा छ। यो सिजन लेस्टरले खराब प्रदर्शन गर्दै रेलिगेशन जोन आसपास बसिरहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया