• 10:27 pm

आजदेखि बाराही हाइड्रोपावरको आईपीओमा आवेदन दिन पाईने

प्रकाशित मिति

२०७९ कार्तिक ४ गते, शुक्रबार ११:२६

४ कात्तिक २०७९, काठमाडौँ : बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आयोजना प्रभावित स्थानियहरुका लागि निष्काशन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) मा आजदेखि आवेदन दिन पाईने छ ।कम्पनीले कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका २ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न लागेको हो।


बाग्लुङ जिल्लाको जैमिनी नगरपालिकाको वडा न १, ४ र ५ साविक कस्मीसेरा, सर्कवा, र बिनामारे गा.बि.स. का तथा जैमिनी नगरपालिकाका अन्य वडाहरुका स्थानीय बासिन्दाहरुले समेत आवेदन दिन सक्नेछन् । यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । छिटोमा कार्तिक १८ गते हुनेछ भने सो अवधिसम्म आवेदन नपरेमा आवेदन दिने म्याद मंशिर ४ गते सम्म आवेदन दिन सक्नेछन् ।


नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सकिनेछ। साथै एनएमबि बैंक लिमिटेड शाखा कार्यालय- कुश्मीसेरा, कुमारी बैंक लिमिटेड, शाखा कार्यालय- राहाले, बल आईएमई बैंक लिमिटेड-कुश्मीसेरा शाखा, गरिमा विकास बैक लिमिटेड, शाखा कार्यालय- ट्राफिक चोकबाट समेत आवेदन दिन सकिनेछ ।


आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआबिएलएस क्यापिटल लिमिटेड रहेको छ।

प्रतिकृया