• १९ भदौ २०८३, शुक्रबार
  • १२ः१२ दिउँसो

नवौं राष्ट्रिय खेलकुद : हालसम्म नेपाल प्रहरीलाई १० स्वर्ण

प्रकाशित मिति

२०७९ आश्विन ३० गते, आईतवार ०१:२५

३० आश्विन २०७९, कास्की : नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत हालसम्म विभिन्न खेलहरूमा नेपाल प्रहरीले १० स्वर्ण, ३ रजत र ११ कास्य गरी कुल २४ पदक प्राप्त गरेको छ ।


विभिन्न प्रतियोगितामध्ये नेपाल प्रहरीले एथलेटिक्समा १ स्वर्ण, १ रजत र २ कास्य जितेको छ । यस्तै पुरूष क्रिकेटमा १ स्वर्ण, लन टेनिसमा २ कास्य, फुलकन्ट्याक्ट करातेमा १ स्वर्ण, १ रजत र १ कास्य पदक नेपाल प्रहरीले हात पारेको छ ।

Kamana Sewa

टेबल टेनिसमा २ स्वर्ण, पौडीमा ४ कास्य, तेक्वान्दोमा ४ स्वर्ण र १ रजत तथा करातेमा १ स्वर्ण र २ कास्य पनि नेपाल प्रहरीले प्राप्त गरेको छ ।

Classic Tech Desktop

प्रतिकृया