• १९ भदौ २०८३, शुक्रबार
  • १ः०९ दिउँसो

उम्मेदवार जिताउने गरी खट्न तरूण दललाई देउवाको निर्देशन

प्रकाशित मिति

२०७९ आश्विन ३० गते, आईतवार १२:५९

३० असोज २०७९, काठमाडौँ: नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावी तयारीका लागि परिचालन हुन भ्रातृ संस्था नेपाल तरूण दललाई निर्देशन दिएका छन्। तरूण दल अध्यक्ष विद्वान गुरूङसँग आज बिहान बालुवाटारमा भएको भेटमा सभापति देउवाले उम्मेदवारलाई जिताउन लाग्नुपर्ने बताएका हुन्।


भेटमा अध्यक्ष गुरूङले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सम्पूर्ण तरूण शक्ति परिचालन गरिने बताएका थिए। उनले तरूण दलले जिल्लास्थित कार्यसमितिहरूसँग समन्वय गरी निर्वाचन केन्द्रित कार्यक्रममा होमिने बताएका थिए।

Kamana Sewa

सभापति देउवाले तरूण दललाई चुनावमा केन्द्रित भई गाउँ-गाउँ जान र उम्मेदवारलाई जिताउन भूमिका खेल्न आग्रह गरेका थिए।

Classic Tech Desktop

प्रतिकृया