• १४ असोज २०८३, बुधबार
  • २ः३८ राती

काठमाडौं महानगरले फुटपाथबाट जबर्जस्ती हटाएको शर्मिलालाई हर्कले एक महिनाको तलब दिने

प्रकाशित मिति

२०७९ आश्विन २९ गते, शनिबार ०६:२१

२९ असोज २०७९, काठमाडौँ : धरानका मेयर हर्क सम्पाङले शर्मिला तामाङलाई एक महिनाको तलब दिने घोषणा गरेका छन्। काठमाडौं महानगरपालिकाले थापाथलीस्थित ठेलागाडामा सामान बेचेर जीविका चलाउँदै आएकी शर्मिला तामाङको ठेला नगर प्रहरीले बिहीबार नियन्त्रणमा लिएको थियो।

National Life

त्यसपछि शुक्रबार हर्कले फेसबुकमा स्ट्याटस राख्दै शर्मिलालाई एक महिनाको तलब पठाइदिने घोषणा गरेका हुन्। ‘यी बहिनी को हुन्रु यिनलाई मेरो एक महिनाको तलब पठाइदिने घोषणा गर्दछु जय मान्छे ,’ उनले फेसबुकको स्ट्याटसमा लेखेका छन्।

प्रतिकृया