• २ असोज २०८३, शुक्रबार
  • ६ः१२ बेलुका

नेपालको सबै बिजुली किन किन्दैन भारत ?

प्रकाशित मिति

२०७९ आश्विन २७ गते, बिहीबार ०६:५४

२७ असोज २०७९, काठमाडौँ : छिमेकी मुलुक भारतलाई बिजुली बेच्ने नेपालको चाहनाप्रति भारतको भूमिका खुल्न सकेको छैन । नेपाललाई आवश्यक परेको समयमा मागअनुसार बिजुली दिन लगभग तयार हुँदै आएको भारतले नेपालको बिजुली खरिद गर्न भने त्यति रुचि देखाएको छैन । जबकि भारतमा बिजुली अभाव छ।

National Life

पछिल्लो समय बर्खाको समयमा नेपालमा उत्पादित बिजुली किन्न नेपाल सरकारले गरेका प्रस्तावप्रति भारतको भूमिका आलटालुमा सीमित छ। भारतलाई आवश्यक भए पनि उसले नेपालको बिजुली सीमित मात्रामा मात्र खरिद गर्दै आएको छ। यसले नेपालको बिजुली खरिदमा भारतले खोजेको के हो भन्ने नेपाली अधिकारीहरूले बुझ्न सकेका छैनन् ।


पछिल्लो समय नेपालले निजी क्षेत्र र नेपाल विद्युत् प्राधिकरण मातहतका १३ आयोजनाको ७ सय ८६ मेगावाट बिजुली किन्न भारतलाई आग्रह गरिरहेको छ। प्राधिकरणले गत जेठदेखि अहिलेसम्म पाँच पटकसम्म यस्तो आग्रह गरेको छ। तर भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले स्वीकृति दिएको छैन । विद्युत् व्यापारमा भारतीय सरकारले यही निकायलाई अधिकार दिएको छ। यो समाचार नागरिक दैनिकमा छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया