• १२ असोज २०८३, सोमबार
  • ४ः०९ बिहान

बारा बस दुर्घटना मृतक मध्ये ११ जनाको सनाखत

प्रकाशित मिति

२०७९ आश्विन २० गते, बिहीबार ०६:५४

२० असोज २०७९, काठमाडौंः बारामा बिहीबार बिहान भएको बस दुर्घटनामा मृत्यु भएकामध्ये ११ जनाको शव सनाखत भएको छ । इलाका प्रहरी कार्यालय अमलेखगञ्ज, बाराका अनुसार मृतकमा कलैया उपमहानगरपालिका–२ निवासी लीलाराज चौधरी, चितवनको खैरहनी नगरपालिका–५ निवासी नन्दकुमारी पुडासैनी, कालिका नगरपालिका निवासी सफल कँडेल, वीरगञ्ज महानगरपालिका–१६ बस्ने सोमप्रसाद चौरसिया, सोही ठाउँ निवासी मन्नीदेवी चौरसिया छन् ।

National Life

यस्तै, हेटौँडा उपमहानगरपालिका–७ निवासी शुभलक्ष्मी श्रेष्ठ, सोही स्थान निवासी स्वस्तिका श्रेष्ठ, कलैया उपमहानगरपालिका–१० निवासी नाजलिन खातुन, जीतपुर सिमरा उपमहानगरपालिका–२२ निवासी सुरेश विक, कलैया उपमहानगरपालिका–१० निवासी इताजत अन्सारी र ओखलढुंगा निवासी लालबहादुर बोगटीको पनि दुर्घटनामा मृत्यु भएको छ ।


चार मृतकको सनाखत हुन अझै बाँकी रहेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार नारायणघाटबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०६–००१ ख ०११० नम्बरको बस जीतपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जस्थित ३ नम्बर पुलमा दुर्घटना भएको हो । बसमा करिब ५० जना सवार थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया