• ११ असोज २०८३, आइतबार
  • ४ः०९ बिहान

सन्दीप लामिछाने पक्राउ, विमानस्थलमा आत्मसमर्पण गरे लगत्तै गौशाला प्रहरी वृत्तमा लगिए

प्रकाशित मिति

२०७९ आश्विन २० गते, बिहीबार ०६:३८

२० असोज २०७९, काठमाडौंः नाबालिग माथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा क्रिकेटर सन्दीप लामिछाने बिहीबार पक्राउ परेका छन् । कतारको दोहाबाट बिहान ११ बजे काठमाडौँस्थित अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएपछि प्रहरीले सन्दीपलाई पक्राउ गरेको हो । नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दिप लामिछानेलाई गौशाला प्रहरी वृत्तमा लगिएको छ । कतार एवरवेजबाट स्वदेश फर्केका लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आत्मसमर्पण गरे लगत्तै नेपाल प्रहरीले पक्राउ गरेर गौशाला लगेको हो ।प्रहरीका अनुसार जुन ठाउँमा उनी माथी उजुरी परेको हो, सोही स्थानवाट कारवाही प्रक्रिया सुरु गरिनेछ । पक्राउ परे लगत्तै उनी माथी प्रहरी कारवाही सुरु भएको छ ।

National Life

गत भदौ ५ गते १७ वर्षीय नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध जाहेरी परेको थियो । त्यसलगत्तै प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी लिई सन्दीपको खोजतलास सुरु गरेको थियो । तर जतिबेला सन्दीपविरुद्ध जाहेरी परेको थियो, त्यतिबेला उनी जमैकामा क्यारेबियन प्रिमियर लीग खेल्नका लागि पुगेका थिए । तर नेपालमा आफूविरुद्ध जबरजस्ती करणीको जाहेरी परेपछि सन्दीप लीग छाडेर निस्केका थिए । 


जमैका छाडेपछि सन्दीप कहाँ गए भन्ने टुङ्गो लागेको थिएन । लामो समयसम्म पनि प्रहरीको सम्पर्कमा नआएपछि नेपाल प्रहरीले सन्दीपविरुद्ध डिफ्युजन नोटिस जारी गरेको थियो । डिफ्युजन नोटिस त्यस्तो नोटिस हो, जहाँ इन्टरपोलमा संलग्न भएका देशले खोजिएका व्यक्ति आफ्नो देशमा भए नोटिस जारी गर्ने देशमा फिर्ता पठाइ दिनुपर्छ ।

Classic Tech Mobile
Classic Tech Desktop

जमैकाबाट कतार आइपुगेका सन्दीप केही दिन कतारमै बसेका थिए । कानुनी परामर्श लिएर सन्दीप बिहीबार नेपाल फर्किएका थिए । नेपालको विमानस्थलबाट बाहिर निस्किए लगत्तै सन्दीपलाई प्रहरीले पक्राउ गरेको थियो । बिहीबार पक्राउ परे लगत्तै सन्दीपलाई प्रहरी वृत्त गौशालामा लगिएको छ । अब प्रहरीले सुरुमा सन्दीपको स्वास्थ्य परीक्षण गराउने छ । स्वास्थ्य परीक्षणमा सबै कुरा सामान्य आएमा प्रहरीले सन्दीपसँग बयान लिन सुरु गर्नेछ ।

प्रतिकृया