• १९:०६ २०८० चैत्र १६ गते
  • 7:06 pm

रिलायबल लाईफ इन्स्योरेन्सले डाक्यो साधारण सभा,३० प्रतिशत सेयर सर्बसाधाणमा जारी गर्ने

प्रकाशित मिति

२०७९ आश्विन १४ गते, शुक्रबार ११:११

reliable life reliable 20210511082326 e1668488854800

१४ असोज २०७९, काठमाडौं : रिलायबल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको असोज १३ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार ५ औँ वार्षिक साधारण सभा कार्तिक ६ गते, लिसरा व्यानक्वेट ज्ञानेश्वर काठमाडौँमा बिहान ११ः३० बजेदेखि सुरू हुनेछ ।सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७७र७८ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ ।


त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७७र७८ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७८र७९ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ ।


साथै सभाले ३० प्रतिशत सेयर सर्बसाधाणमा जारी गर्ने प्रस्ताव समेत पारित गर्ने छ । कम्पनीले बिमा कम्पनीहरुको चुक्ता पूँजी ५ अर्बको ३० प्रतिशत अर्थात १ अर्ब ५० करोड बराबरको आईपीओ जारी गर्नेछ ।

कम्पनीले प्रकाशन गरेको सूचनाः

63366d5587188

प्रतिकृया