• २२ भदौ २०८३, सोमबार
  • २ः२६ राती

सिटिजन्स बैंकले कात्तिक ४ गते डाक्यो वार्षिक साधारणसभा, तिहारअघि नै सेयरधनीलाई नगद बाँड्दै

प्रकाशित मिति

२०७९ आश्विन १३ गते, बिहीबार ११:५४

१३ असोज २०७९, काठमाडौंः सिटिजन्स बैंकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको लाभांश पारित गर्न साधारणसभा डाकेको छ। बैंकले कात्तिक ४ गते साधारणसभा डाकेको हो। यो भनेको तिहार बिदा सुरु हुनु अघिल्लो दिन हो। बैंकले ९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। लाभांश घोषणा गर्ने र साधारणसभा डाक्ने बैंकमा सिटिजन्स पहिलो बैंक बनेको छ।

National Life

गत वर्षको नाफाबाट अरु बैंक तथा वित्तीय संस्थाले अहिलेसम्म लाभांश घोषणा गरेका छैनन्। केही बैंकले भने लाभांश स्वीकृतिका लागि बार्षिक प्रतिवेदन राष्ट्र बैंकमा बुझाइसकेका भने छन्। सिटिजन्स बैंकले कायम चुक्ता पुँजी १४ अर्ब २० करोड रुपैयाँको ९ प्रतिशतले हुन आउने एक अर्ब २८ करोड रुपैयाँ नगद दिने प्रस्ताव गरेको हो। साधारणसभामा बैंकले सेयर संरचना मिलाउने प्रस्ताव पनि लैजाँदैछ।

प्रतिकृया