• २ असोज २०८३, शुक्रबार
  • ७ः२१ बेलुका

दसैं बिदामा ११ देखि ३ बजेसम्म सर्वोच्च अदालत खुल्ने

प्रकाशित मिति

२०७९ आश्विन १२ गते, बुधबार ०२:०२

१२ आश्विन २०७९, काठमाडौँ: सर्वोच्च अदालत बडा दसैँ २०७९ को बिदाको समयमा पनि बिहान ११ देखि अपराह्न ३ बजे खुला रहनेछ । दसैँ पर्वका अवसरमा घटस्थापनाका दिनदेखि यही असोज २३ गते कोजाग्रत पूर्णिमाका दिनसम्म बन्दीप्रत्यक्षीकरण रिट हेर्न उक्त समय अदालत खुला हुने सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।

National Life

न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने घटस्थापना, शनिबार र विजयादशमीका दिनबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिइई सुनुवाइ हुनेछ । रासस

प्रतिकृया