• २ असोज २०८३, शुक्रबार
  • ६ः४७ बेलुका

अमेरिकाले निरन्तर साइबर आक्रमण गरेको चीनको आरोप

प्रकाशित मिति

२०७९ आश्विन १२ गते, बुधबार ०१:५१

१२ आश्विन २०७९, काठमाडौँ: अमेरिकीहरूले चीनलाई उनीहरूको “प्रविधि” तथा “डाटा” चोरी गरेको कपिराइट तथा पेटेन्ट राइट उलङ्घन गरेको र तिनै चोरिएका प्रविधिबाट चिनियाँ प्रविधि निर्माण गरेको आरोप लगाउँदै आएका छन्। तर पछिल्लो समयमा चिनियाँहरू आफ्ना प्राविधिक केन्द्रहरूमा अमेरिकाले निरन्तर साइबर आक्रमण गरेको बताउन थालेका छन्।

National Life

चीनको ग्लोबल टाइम्सले मंगलबार पोष्ट गरेको समाचार अनुसार अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सी (एनएसए) ले उत्तरपश्चिमी चीनको शान्सी प्रान्तमा रहेको उड्डयन, एयरोस्पेस र नेभिगेसन अध्ययनका लागि प्रख्यात नर्थवेस्टर्न पोलिटेक्निकल युनिभर्सिटी विरुद्ध साइबर हमला सुरु गरेको छ। यो हमलाको उद्देश्य चीनको पूर्वाधारका मुख्य उपकरणहरूमा घुसपैठ र नियन्त्रण गर्ने तथा संवेदनशील पहिचान भएका चिनियाँहरूको निजी डाटा चोरी गर्ने थियो।


नर्थवेस्टर्न पोलिटेक्निकल युनिभर्सिटीले जुन २२ मा विदेशबाट ह्याकरहरूले विश्वविद्यालयका शिक्षकहरू र विद्यार्थीहरूलाई ट्रोजन हर्स प्रोग्रामहरू सहित फिसिङ इमेलहरू पठाउँदै, तिनीहरूको डाटा र व्यक्तिगत जानकारी चोर्ने प्रयास गरिरहेको घोषणा गरेको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

ती आक्रमणको अनुसन्धान गर्न तथा चोरीको प्रयासका विषयमा विस्तृत प्राविधिक विश्लेषण गर्न, चीनको राष्ट्रिय कम्प्युटर भाइरस इमरजेन्सी रेसपोन्स सेन्टर र इन्टरनेट सुरक्षा कम्पनी ३६० ले संयुक्त रूपमा प्राविधिक टोली गठन गरेको छ।


ग्लोबल टाइम्सका अनुसार नर्थवेस्टर्न पोलिटेक्निकल युनिभर्सिटीको इन्टरनेट टर्मिनलहरूबाट ट्रोजन हर्सका धेरै नमूनाहरू निकालेर युरोपेली र दक्षिण एसियाली साझेदारहरूको सहयोगमा विश्लेषण गरेपछि प्राविधिक टोलीले सेप्टेम्बर ५ मा त्यो साइबर आक्रमण अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सी (एनएसए)ले गरेको पुष्टि भएको घोषणा गर्‍यो। साइबर आक्रमण एनएसए-सूचना विभाग अन्तरगतको डाटा रिकोनेसेन्स ब्यूरोको टेलर्ड एक्सेस अपरेसनद्वारा गरिएको थियो भनेर पहिचान भएको प्राविधिक टोलीले बताएको छ।


चीनको नेशनल कम्प्युटर भाइरस इमर्जेन्सी रेस्पोन्स सेन्टर र बेइजिङस्थित क्यू एन पाङ्गु प्रयोगशालाद्वारा गरिएको गहिरो विश्लेषणले ठूलो मात्रामा संवेदनशील डाटा चोरीको काममा “ड्रिङ्किङ टी” भनेर चिनिने साइबर-स्निफिङ हतियार नै मुख्य “अपराधी” भएको पत्ता लागेको ग्लोबल टाइम्स बताएको छ।


ग्लोबल टाइम्सका अनुसार “ड्रिङ्किङ टी” फाइलहरूको रिमोट ट्रान्सफरको लागि खाता र पासवर्डहरू चोर्न मात्र होइन, नयाँ वातावरणमा अनुकूलन आफूलाई लुकाउन पनि धेरै सक्षम छ। लक्षित सर्भर र उपकरणहरूमा पसिसके पछि गरिसकेपछि, “ड्रिङ्किङ टी” भनेर चिनिने साइबर-स्निफिङ हतियारले आफूलाई सामान्य नर्मल ब्याकग्राउण्ड सर्भिस प्रोसेसको भेषमा राखेर चरणबद्ध रूपमा फाइलहरूको रिमोट ट्रान्सफर गर्छ र यसलाई फेला पार्न धेरै गाह्रो बनाउँदै जान्छ।


यसबाहेक, साइबर-स्निफिङ हतियारले पूर्वाधार सञ्चालकहरूको अनुगमन प्रणाली र सन्देश सर्भरहरू नियन्त्रण गरेर, संवेदनशील पहिचान भएका चिनियाँ नागरिहहरूको जानकारीमा संकलन गर्ने र त्यसपछि तिनीहरूको जानकारी प्याकेज र इन्क्रिप्ट गर्न सक्छ र बहु-स्तरीय स्प्रिंगबोर्डहरू मार्फत एनएसएको मुख्यालयमा पठाउने गरेको ग्लोबल टाइम्सले बताएको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

प्रतिकृया