• १२ असोज २०८३, सोमबार
  • १०ः२८ बिहान

मंगलबारबाट नेपाल टुरिजम एमेच्योर गल्फ च्याम्पियनसिप हुने

प्रकाशित मिति

२०७९ आश्विन १० गते, सोमबार ०७:३८

१० असोज २०७९, काठमाडौँ : वर्ल्ड टुरिजम डेको अवसरमा मंगलबारबाट नेपाल टुरिजम एमेच्योर गल्फ च्याम्पियनसिप हुने भएको छ । राजधानीमा सोमवार नेपाल गल्फ संघले पत्रकार सम्मेलन गरेर मंगलबारबाट आयोजना हुन लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।

National Life

प्रतियोगितामा ५४ होलको खेल हुनेछ । तीन दिने प्रतियोगितामा नेपाल, बङ्गलादेश, कतार र मलेसियाका ३६ खेलाडीको सहभागिता रहनेछ । पुरुष र महिलाको टिम प्रतिष्पर्धा पनि हुनेछ । यो वल्ड ¥याङकिङ प्रतियोगिता हो । त्यसैले महिला नेपाली गल्फरको लागि वर्ल्ड ¥याङकिङमा स्थान बनाउने अवसर पनि हो ।


नेपाल नम्बर एक गल्फर सुवास तामाङ र अर्का युवा खेलाडी सद्भाव आचार्यले नेपाल टिम ए तथा टसी छिरिङ र वान्चेन ढोन्डुपले नेपाल टिम बीबाट प्रतिष्पर्धा गर्नेछन् । टिम प्रतिष्पर्धामा बङ्गलादेश र कतारको पनि सहभागिता रहनेछ । महिलातर्फ भने कुल पाँच टिमले प्रतिष्पर्धा गर्नेछन् । यसैगरी प्रत्येक दिन ग्रस विजेता पनि चुनिने गल्फ संघले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया