• १३ असोज २०८३, मंगलबार
  • १ः५१ दिउँसो

एकै दिन मापसे गरी सवारी साधन चलाउने २२३ जना समातिए

प्रकाशित मिति

२०७९ आश्विन ९ गते, आईतवार ०४:३३

९ असोज २०७९, काठमाडौंः ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकै दिन मादक पदार्थ सेवन ९मापसे० गरी सवारी साधन चलाउने २२३ जना चालकलाई कारवाही गरेको छ। उपत्यकाको विभिन्न स्थानमा शनिबार उनीहरूलाई कारवाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको हो।

National Life

सोमबार उपत्यकामा ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन गर्ने कुल ३ हजार ३३५ जना सवारी चालकलाई कारवाही गरेको थियो। कारवाहीमा पर्नेमा लेन अनुशासन पालना नगर्ने ४३ जना, रेड लाइडमा सवारी साधन चलाउने ८५ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १७४ र नम्वर प्लेट राम्रोसँग नराख्ने ३९ जना चालक रहेका छन्।


यस्तै, २ हजार ७७१ जना सवारी चालकलाई अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया