• १२ असोज २०८३, सोमबार
  • ४ः३८ बिहान

फ्रान्ससँग अष्ट्रीया पराजित

प्रकाशित मिति

२०७९ आश्विन ७ गते, शुक्रबार ०८:४१

७ असोज २०७९, काठमाडौँ : युइएफए नेसन्स लिगमा अष्ट्रीयालाई २-० ले पराजित गर्दै फ्रान्सले पहिलो जित निकालेको छ । फ्रान्सको जितमा फरवार्डद्धय केलियन एमबाप्पे र ओलिभर जिरुडले गोल गरे । ५६ औं मिनेटमा एमबाप्पेले पहिलो गोल गरे । ६५ औं मिनेटमा जिरुडले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए ।

National Life

जितसँगै फ्रान्स लिग ए ग्रुप १ मा ५ खेलबाट ५ अंक जोडेर तेस्रो स्थानमा छ । पराजित अष्ट्रीया ४ अंक जोडेर पुछारमा छ ।

प्रतिकृया