• २२ भदौ २०८३, सोमबार
  • २ः२८ राती

अस्ट्रेलियामा ‘नालापानी’ को प्रिमियर गरिने

प्रकाशित मिति

२०७९ आश्विन ३ गते, सोमबार ०४:५६

३ आश्विन २०७९, काठमाडौँ: ऐतिहासिक फिल्म ‘नालापानी’ आगामी शनिबार अस्ट्रेलियामा प्रिमियर गरिने भएको छ । फिल्मलाई अस्ट्रेलियामा एम्सन इन्टरटेन्टमेन्ट, ग्रीन हिल्स इन्टरटेन्टमेन्ट, आरकेएस अस्ट्रेलिया र अर्बिट अस्ट्रेलिया ग्रुपले मिलेर शोको आयोजना गरेको हो ।

National Life

आयोजकका अनुसार नेपालको इतिहासको बारेमा नयाँ पुस्तालाई जानकारी दिन १२ वर्षभन्दा कम उमेरका दर्शकलाई निःशुल्क फिल्म हेर्ने व्यवस्था मिलाइएको छ । चलचित्र विकास बोर्डबाट ‘विशेष फिल्म २०२०’ स्पेसल अवार्ड पाएको यो फिल्मका निर्देशक रिमेश अधिकारी हुन् ।

सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अंग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाइँलाई आधार बनाएर यो फिल्म निर्माण भएको हो । फिल्मको अध्ययन तथा लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन् ।

Classic Tech Desktop

प्राडा. धनराज कुँवर र रामराजा कुँवरद्वारा लिखित ‘नालापानीका नायक वीर बलभद्र कुँवर’ पुस्तकमा आधारित रहेर इतिहासविद्हरू प्राडा. धनराज कुँवर, प्राडा. त्रिरत्न मानन्धर, प्रा. दिनेशराज पन्त, प्राडा. सुरेन्द्र केसी, पूर्वसहायक रथि डा. प्रेमसिंह बस्न्यातहरूसँग पटक पटक छलफल गरी नेपाली सेनाले प्रकाशित गरेको ‘सैनिक इतिहास’लगायतका पुस्तकमा आधारित रही ‘नालापानी’ तयार पारिएको जनाइएको छ ।

फिल्ममा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, विशाल पहारी, विजय विस्फोट, पूजना प्रधान, गीता अधिकारी, महावीर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, शारिता राजोपाध्याय, लक्ष्मीनाथ, गायत्री घिमिरे, जनक बर्तौला, विशाल श्रेष्ठ, सहिना भट्टराई, गीता विष्ट, युगजंग कार्की, सिमन खड्का, सुशील खडका (डेभिड), बाल कलाकार तेजस्वी गुरुङ, हार्दिक थपलिया, प्रनिस शाक्य, निर्माण थपलिया साथै विदेशी कलाकारहरू एन्ड्रोइन डंकन, रेचल मोलेस, पल विकिन्सन र सामलगायतको अभिनय छ ।

प्रतिकृया