• २२ भदौ २०८३, सोमबार
  • २ः३२ राती

अब कपाल काट्न २ सय रुपैयाँ लाग्ने

प्रकाशित मिति

२०७९ आश्विन ३ गते, सोमबार ०४:१०

३ असोज २०७९, काठमाडौंः नेपाल नाई संघले काठमाडौं उपत्यकाभरका कपाल काटेको शुल्क बढाएको छ । संघले कपाल काट्दा ५० रुपैयाँ सेवा शुल्क बढाएको हो । जसअनुसार अब सामान्य कपाल काटेको शुल्क २०० रूपैयाँ तिर्नुपर्ने नेपाल नाई संघका अध्यक्ष राजाराम ठाकुरले बताए ।

National Life

यसअघि कपाल काट्दा डेढ सय मात्र शुल्क तिर्नु पर्थ्यो । संघले आकासिएको महँगाइलाई मध्यनजर गर्दै सो शुल्क बढाएको जनाएको छ । संघले अन्य सेवाको शुल्क पनि बढाएको छ । संघले तोकेको नयाँ शुल्क अनुसार कपाल डिजाइन गरेको ३५० देखि ५०० रुपैयाँ, दाह्री डिजाइन गरेको १५० देखि २५०, टाउको मसाज गरेको २००, स्याम्पु गरेको १२० देखि १५०, कपाल कलर गरेको ५०० देखि ६५० रुपैयाँ, फेसियल गरेको एक हजारदेखि १२ सय रुपैयाँसम्म रहेको छ ।

Classic Tech Desktop

प्रतिकृया