कसैले मिडिया र सोशल मिडियाको दुरुपयोग गरेर हामीप्रतिको धारणा परिवर्तन हुँदैन-साँसद महेश बस्नेत
प्रकाशित मिति
२०७९ आश्विन ३ गते, सोमबार ०४:००
सूर्यविनायक नगरपालिका दधिकोटमा भ्यू -टावर, पदमार्ग तथा खानेपानी ट्याकींको उद्घाटन
सुवास कुँवर, ३ आश्विन २०७९, भक्तपुर: नेकपा एमालेका पोलिटब्युरो सदस्य पूर्वमन्त्री तथा प्रतिनिधिसभाको संसद महेश बस्नेत, प्रदेश सांसद शशीजंग थापा तथा नगर प्रमुख वासुदेव थापाले संयुक्त रुपमा सूर्य विनायक नगरपालिका वडा नं. ४ दधिकोटमा दधिकोटमा बागमती प्रदेश परियोजना अन्तर्गत विनियोजित योजनाद्वारा नवनिर्मित बहुआयामिक भ्यूटावर भवन,कैलाश डाँडा अनन्तलिङ्गेश्वर मन्दिर पदमार्ग तथा अनन्तलिङ्गडाँडा खानेपानी ट्याङ्की एकै पल्ट संयुक्त रुपमा उद्घाटन गरे ।
कार्यक्रममा बोल्दै संसद महेश बस्नेतले भने, “आज हामीले घोषित रुपमा तीनवटा र अघोषित रुपमा ४ वटा संरचनाको उद्घाटन गर्दैछौं । एउटा भ्यु टावर, अर्को रातो पाटीदेखि कैलाश डाँडा सम्मको पद मार्ग, अर्को खानेपानी ट्यांकी, अर्को सरकारको बजेटभन्दा पनि स्थानिय जनताको सहयोगमा निर्माण भएको मन्दिर जसमा शिवजीलाई प्रतिस्थापन गर्ने भन्ने कुरा थियो । तर शिवजीको मूर्ति चलाउँदा अनिष्ट हुन्छ भनेकोले कसरी चलाउने भन्ने छ । त्यो कुरा विधि पुर्याएर गर्नुपर्दछ ।”
उनले यस्ता विकासका कार्यमा सयमा ९९ प्रतिशत साथीहरु खुशी भएका र १ प्रतिशतमा आधा प्रतिशत साथी वेखुशी र चिढीएको र भ्रममा परेर अल्मलिएको बताए ।
भ्यु टावरको बारेमा प्रकाश पार्दै उनले भने “भ्यु टावर भन्नाले मानिसले फलामको भर्याङ, वरिपरि गोलो अनि माथि जाने बाटो भएको भन्ने थियो । पछि त्यस किसिमको भ्यु टावर बनाउन हुन्न भनेर व्यापक बहस पनि भयो । मलेसियाको ट्वीन टावर र दुबईको बुर्ज खलिफाको कुरा गर्ने हो भने बुर्ज खलिफा भनेको दुबईको अर्थतन्त्रको मेरुदण्ड हो । त्यस्तै साउथ अफ्रिकाको भ्यु टावरमा सबैभन्दा तिव्र गतिमा हिंड्ने लिफ्ट छ । यो सबैको अध्ययनबाट हामीले के निष्कर्ष निकाल्यौं भने प्रदेश सरकारसँग समन्वय गरेर भ्यु टावर बनाउनुपर्दछ र सो अनुरुप बनाइयो । भ्यु टावर बनाउँदा नेपालीको मौलिकतामा ध्यान दिएका छौं । भक्तपुरको इंटाको प्रयोग र भक्तपुरको परम्परागत शैलीलाई ध्यान दिएका छौं । केही मानिसहरु विरोध गर्ने पनि देखिएका छन् । उनीहरुले डाँडामा किन भ्यु टावर चाहियो, पार्क किन बनाउन प-यो प्राकृतिक पार्क छँदैछनी, फुलहरु सबै छ भन्दछन् ।” उनले यस किसिमका मानसिकता बोकेका मानिसहरुको तिव्र रुपमा विरोध गरे ।
जो साथीले ठूला कुरा गर्दछन् उनीहरुले विकासको लागि सहयोग गरेका छैनन् । उनीहरुकाके काम भाँड्ने, विरोध गर्ने, भ्रम फैलाउने, यति कुरा कान खोलेर सुन्नुस् कसैले भाँडेर विकास भाँडिदैन, कसैले भ्रम फिजाएर भ्रम फिजिदैन, कसैले मिडिया र सोशल मिडियाको दुरुपयोग गरेर हामीप्रतिको धारणा परिवर्तन हुँदैन
उनले अगाडि भने, “विकासमा बाधा पु-याउने, कुरा काट्ने, विरोध गर्ने साथीहरु १ प्रतिशतले भाँड्ने, विरोध गर्ने, भ्रम फैलाउने गरेका छन् ।” उनले कसैले भाँडेर विकासको कुरा नरोकिने बताए । निरन्तर रुपमा लाग्ने मानिस राजन न्यौपाने मात्र छन् भनि उनको प्रंससा गरे । उनले स्थानीय साथीहरुलाई पहल गर्न, कुद्न र विकासको लागि लागिपर्न अनुरोध गरे । उनले आफूले जनतालाई जागरण दिन खोजेको र उत्साहित गर्न खोजेको बताए ।
कार्यक्रममा सूर्यविनायक नगरपालिकाका उपप्रमखु, विभिन्न वडाका वडाध्यक्ष, समाजसेवी, टोल सुधार समितिका पदाधिकारी तथा स्थानीय आदिको उपस्थिति थियो ।
प्रतिकृया