• २२ भदौ २०८३, सोमबार
  • २ः३२ राती

महाकाली नदीमा पक्की पुलको शिलान्यास

प्रकाशित मिति

२०७९ आश्विन ३ गते, सोमबार ०३:१८

३ असोज २०७९, काठमाडौंः दार्चुलामा आज सोमबार महाकाली नदीमा मोटरेवल पक्की पुलको शिलान्यास गरिएको छ।उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले एकसाथ पुलको शिलान्यास गरेका छन्। पुल शिलान्यासपछि आयोजित कार्यक्रममा मन्त्री बडूले नेपाल-भारत जोड्ने मोटरेवल पुलले विकासको ढोका खोल्ने बताए।

National Life

भारत र चीनसँग व्यापार वृद्धिका लागि महाकालीमा पक्की पुल आवश्यक रहेको बताउँदै बडूले पुल बनेपछि बैतडी, बझाङलगायतका पहाडी जिल्लाका नागरिकलाई आवागमन सहज हुने जानकारी दिए।


‘व्यापारिक एवं नागरिकलाई सहज आवागमनका लागि पनि पुल आवश्यक थियो’, उनले भने, ‘अब यहाँका नागरिकले भारत जान गड्डाचौकी र गौरीफन्टा जानुपर्ने अवस्था रहँदैन।’ उनले दार्चुलावासीले अब ढुवानीलगायतका समस्याबाट मुक्ति पाउने बताए। उनका अनुसार पुलले दुई देशबीच धार्मिक, सामाजिक, सम्बन्ध मजबुत हुने छ। दार्चुलामा पहिलो पटक महाकाली नदीमा पक्की पुल बन्ने खबरले स्थानीय बासिन्दा खुसी भएका छन्।

Classic Tech Desktop

भारत सरकारको सहयोगमा बन्ने पुलको लम्बाइ एक सय १० मिटर हुनेछ।

प्रतिकृया