• 9:27 pm

कोका–कोलाको दशैँ विशेष ‘सम्बन्ध उत्सव स्वादसँग’ नामक क्याम्पेन शुरु

प्रकाशित मिति

२०७९ भाद्र ३० गते, बिहीबार ०६:२६

३० भाद्र २०७९, काठमाडौँ : आउदै गरेको महान पर्ब दशैँ तिहारलाई लक्षित गर्दै नेपालको सबैभन्दा लोकप्रिय पिय पदार्थ कोका कोलाले यो बर्ष ‘सम्बन्ध उत्सव स्वादसँग’ नामक क्याम्पेन शुरुवात गरेको छ । कोका कोलाले धेरै बर्षदेखि आफ्नो मार्केटिङ र कन्ज्युमर क्याम्पेनको मुख्य हिस्साको रुपमा दशैलाई राखेको छ । क्याम्पेनको बारेमा बोल्दै कोका–कोला नेपालको कन्ट्री डिरेक्टर आदर्श अवस्थीले भने, ‘यो वर्षको ‘सम्बन्धउत्सव स्वादसँग’लाई लिएर म एकदमै उत्साहित छु किनकी यसले ठ्याक्कै दशैँको मुख्यआकर्षणलाई प्रतिविम्बित गरेको छ ।’


दशैँ विशेष लेबलको साथै कोका–कोलाले आफ्नो ब्रान्ड एम्बासडर स्वस्तिमा खड्कालाई लिएर नयाँ टेलिभिजन विज्ञापन पनि बनाएको छ । त्यस्तै कम्पनीका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, ‘नेपालीहरुको लागि दशैँ जति महत्त्वपूर्ण छ त्यत्तिकै महत्त्वपूर्ण कोका–कोलाको लागि पनि छ । हामी हरेक वर्षको दशैँमा हाम्रा उपभोक्ताहरुको लागि केही नयाँँ र विशेष क्याम्पेन लिएर आइरहेका छौँ ।’


कोका–कोलाले यो वर्ष बिबिसि मास्टर सेफ प्रोफेसनलका विजेता सन्तोष शाहसँग मिलेर दशैँ खाइने मुख्य ५ वटा परिकारहरुको रेसिपीपनि सार्वजनिक गरेको छ । यो रेसिपी पाउनको लागि उपभोक्ताहरुले कोका–कोला बोतलको लेबलमा भएको क्यूआर कोड स्क्यान गर्नुपर्ने हुन्छ । साथै यी रेसिपी भिडियोहरु कोका–कोला नेपालको फेसबुक र इन्स्टाग्राममा पनि उपलब्ध हुनेछन् ।

प्रतिकृया