चिनियाँ जनकंग्रेसका अध्यक्ष लीको यस्तो छ– ४ दिने नेपाल भ्रमण कार्यक्रम
प्रकाशित मिति
२०७९ भाद्र २७ गते, सोमबार ०३:३८
२७ भाद्र २०७९, काठमाडौं: चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु सोमबार काठमाडौं आउने भएका छन् । अध्यक्ष ली करिब साढे ३ बजे त्रिभुवन विमानस्थलमा उत्रने छन् । संसद् सचिवालयबाट प्राप्त जानकारी अनुसार उनको भ्रमणमा नेपाल र चीनबीचमा संसदीय तहमा सहकार्य गर्ने गृहकार्य भएको छ । यस्तो छ अध्यक्ष लीको ४ दिने कार्यक्रम :
सोमबार
– साढे ३ बजे काठमाडौंमा उत्रने ।
–त्यसपछि सोल्टी होटलमा जानेरबस्ने ।
–सोल्टीबाट शिष्टाचार भेटवार्ता गर्न बानेश्वरमा संसद् भवनमा आउने र त्यही द्विपक्षीय भेटवार्ता हुने, उक्त वार्तामा सबै दलका –प्रमुख सचेतक र सचेतक तथा नेपाल–चीनमैत्री संसदीय समूहको टोलीका सदस्य पनि हुने
–त्यसपछि सभामुख अग्नि सापकोटाले आयोजना गरेको रात्रिभोजका लागि फेरि सोल्टी होटलमै फर्कने

मंगलबार
–बिहान सवा ९ बजे बानेश्वरस्थित संसद् भवनमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सेनासँग भेटवार्ता गर्ने ।
–त्यसपछि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग र त्यसपछि माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्ने
–बानेश्वरबाट सोल्टी होटलमा पुगेर परराष्ट्र मन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने ।
–त्यसपछि दिउँसो प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटर जाने

बुधबार
–दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने ।
बिहीबार
–बिहान फर्कने




प्रतिकृया