• १३ असोज २०८३, मंगलबार
  • २ः११ दिउँसो

मोटरसाइकल चालकको मृत्यु

प्रकाशित मिति

२०७९ भाद्र २४ गते, शुक्रबार ०३:५७

२४ भाद्र २०७९, काठमाडौं: काठमाडौंको नागढुङ्गामा आज ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा कञ्चनपुरको पुनरवास नगरपालिका-२ का २८ वर्षीय सुगम तामाङ रहेका छन्। दुर्घटनाबाट गम्भीर घाइते भएका तामाङको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टर महांकालमा मृत्यु भएको हो।

National Life

काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको ना ४ ख १०६२ नम्बरको ट्रक र विपरीत दिशाबाट आउदै गरेको सुदूरपश्चिम प्रदेश ०१ ०११ प २८५८ नम्बरको मोटरसाइकल आज बिहान सवा ११ बजे आपसमा ठक्कर खाएका हुन्। सवारी साधन र ट्रक चालकलाई प्रहरी वृत्त थानकोटले नियन्त्रणमा लिएको छ।

प्रतिकृया