• ४ साउन २०८३, सोमबार
  • ७:५४ बेलुका

अजोड इन्सुरेन्स र इ–बीमा बीच सम्झौता

प्रकाशित मिति

२०७९ भाद्र २३ गते, बिहीबार ०५:२८

२३ भाद्र २०७९, काठमाडौं: पहिलो डिजिटल बीमा सेवा प्रदायक इ–बीमा र अजोड इन्स्योरेन्सबीच सम्झौता भएको छ ।सम्झौता पत्रमा इ–बीमाको तर्फबाट प्रबन्ध निर्देशक रोशनप्रसाद ज्ञवाली र अजोड इन्सुरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले हस्ताक्षर गरेका छन् ।


सम्झौता अनुसार इ–बीमाले संस्थागत एजेन्सीको रूपमा काम गर्नेछ र सामान्य बीमा उत्पादनहरूलाई यसको अत्याधुनिक डिजिटल प्लेटफर्ममा एकीकृत गरी सर्वसाधारणलाई बीमा योजनाहरू प्राप्त गर्न सजिलो र पहुँच योग्य बनाउने छ । इ–बीमा सन् २०१५ देखि विभिन्न बीमा उत्पादन र सेवाहरूलाई डिजिटलाइज गर्न सक्रिय छ ।

Kamana Sewa

प्रतिकृया