डिशहोमले बाँड्यो आफ्ना ग्राहकलाई एकलाख
प्रकाशित मिति
२०७९ भाद्र २३ गते, बिहीबार ०५:३३
२३ भाद्र २०७९, काठमाडौं: डिशहोममा एक वर्षको रिचार्ज गर्दा स्याङ्जा जिल्ला, गल्याङ नगरपालिका वडा नं। ११ का रोमलाल अधिकारीले एक लाख रुपैयाँ नगद जितेका छन्। प्रमुख अतिथि गल्याङ वडा ११ का वडाध्यक्ष दलबहादुर सिंजालीमगर तथा डिलरदाई गोविन्दप्रसाद शर्मा, रुद्र श्रेष्ठ, डिशहोमको तर्फबाट अफिसर राजाराम पौडेल तथा खेमराज देवकोटाको उपस्थितिमा, क्षेत्रीय सेल्स म्यानेजर, प्रदीप सुवेदीले जितेको पुरस्कार रकम हस्तान्तरण गरेका हुन्।
एक वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाइने यो योजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरूले नजिकैको डिलरदाईकोमा गएर फन्ड ट्रान्सफर मार्फत तथा कुनै पनि मोबाइल पेमेन्ट सर्भिसबाट १ वर्षको रिचार्ज गर्नुपर्छ। यसो गर्दा २ वर्षको लागी टेलिभिजन हेर्न पाउनुका साथै हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउनेछन्।
विजेता अधिकारीलाई बधाई दिँदै सम्पूर्ण डिशहोम डिटिएचका ग्राहकले यो योजनामा सहभागी जनाई लाभ लिन पाउनेछन्। ‘लक्की ड्र’ को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टिभी रमाइलो एचडी, सरोकार टिभी, नेपा: च्यानल, र डिशहोम सोकेसमा हेर्न सकिन्छ।
प्रतिकृया