युभेन्ट्सको सहज जित, नापोली रोकियो

प्रकाशित मिति

२०७९ भाद्र १६ गते, बिहीबार ०८:३४

juventus oijLycYAHZ e1662000577632

१६ भाद्र २०७९, काठमाडौँ : इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले सहज जित निकाल्दा नापोली बराबरीमा रोकिएको छ । बुधबार राति भएको खेलमा युभेन्ट्सले स्पेजियालाई २–० गोल अन्तरले हराएको हो । घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सलाई जित दिलाउन डुसन लाहोभिक र आर्काडिउस मिलिकले एक–एक गोल गरे ।


खेलको नवौं मिनेटमा गोल गर्दै डुसनले युभेन्ट्सलाई अग्रता दिलाए । खेलको इन्जुरी समयमा मिलिकले गोल गर्दै टिमलाई २–० गोलको जित दिलाए । जितसँगै युभेन्ट्सले ४ खेलबाट ८ अंक जोडेको छ । युभेन्ट्स तालिकाको चौथो स्थानमा छ ।


बुधबार राति नै भएको अर्को खेलमा नापोली लेसेसँग १–१ गोलको बराबरीमा रोकिएको छ । खेलमा सुरुवाती लिएको अग्रता जोगाउन नसक्दा नापोली बराबरीमा रोकिएको हो ।

प्रतिकृया