आर्सनलको लगातार पाँचौं जित

प्रकाशित मिति

२०७९ भाद्र १६ गते, बिहीबार ०८:३०

jejus Tnkg4RgSW1

१६ भाद्र २०७९, काठमाडौँ : प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार पाँचौं जित निकालेको छ । बुधबार राति भएको खेलमा आर्सनले एस्टन भिल्लालाई २–१ ले हराएको हो । घरेलु मैदानमा आर्सनलको जितमा ग्रावियल जिसस र ग्रावियल मार्टिनेलीले एक–एक गोल गरे ।


उता भिल्लाका लागि डुगलस लुइजले एक गोल फर्काए । खेलको ३०औं मिनेटमा जिससले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । भिल्लाका लागि ७४औं मिनेटमा डुगलस लुइजले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।


७७ औं मिनेटमा मार्टिनेलीले गोल गर्दै आर्सनललाई २–१ गोलको जित दिलाए । लगातार पाँचौ जित निकाल्दै आर्सनलले १५ अंक जोडेको छ । आर्सनल तालिकाको शीर्ष स्थानमा छ । पराजित एस्टन भिल्ला ३ अंक जोडेर १९ औं स्थानमा छ । बुधबार राति नै भएको अर्को खेलमा बर्नमाउथले उल्भ्ससँग गोलरहित बराबरी खेलेको छ ।

प्रतिकृया