१०२ रनको लक्ष्य पनि पूरा गर्न सकेन नेपालले, केन्यासँग पराजित

प्रकाशित मिति

२०७९ भाद्र १३ गते, सोमबार ०७:४२

cricket

१३ भाद्र २०७९, काठमाडौँ: नेपाल केन्याविरुद्धको चौंथो टी-ट्वान्टी अन्तर्राष्‍ट्रियमा पराजित भएको छ । सोमबार भएको खेलमा घरेलु टोलीले नेपाललाई ७ रनले हराएको हो । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले दिएको १०२ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन मात्र बनाउन सक्यो । नेपालका लागि रोहित पौडेलले सर्वाधिक ४७ रन बनाए । त्यस्तै आदील अन्सारीले ८ रन जोड्दा दीपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल र अर्जुन साउद समान ६ रनमा आउट भए । केन्याका रकिप पटेलले तीन विकेट लिए । भिराज पटेल, शेम एन्गोचे र एलिज्ह ओटिनोले दुईरदुई विकेट लिए ।


यसअघि टस जितेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा अलआउट हुँदै १०१ रन बनाएको थियो । केन्याका लागि लुकास ओलुओचले सर्वाधिक ३३ रन बनाए । यस्तै कोलिन्स अबुयाले २० रन बनाए । कप्तान शेम एन्गोचेले १३ रनको योगदान गरे । नेपालका कप्तान सन्दीप लामिछानेले पाँच विकेट लिए । उनले ४ ओभरमा मात्र ९ रन खर्चिए । आदील अन्सारीले दुई तथा साहब आलम र दीपेन्द्र सिंह ऐरीले एकरएक विकेट लिए ।


यो जितसँगै केन्याले नेपालविरुद्धको सिरिज २-२ को बराबरी गरेको छ । नेपाल र केन्याबीचको पाँचौ तथा अन्तिम टी(ट्वान्टी मंगलबार हुनेछ । टी(ट्वान्टी सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ । पहिलो एकदिवसीय खेल भदौ १७ गते हुनेछ ।

प्रतिकृया