• १२ असोज २०८३, सोमबार
  • ८ः५५ बिहान

लेवान्डोस्कीको दुई गोलमा बार्सिलोनाको दोस्रो जित

प्रकाशित मिति

२०७९ भाद्र १३ गते, सोमबार ०६:४६

१३ भाद्र २०७९, काठमाडौं : रोवर्ट लेवान्डोस्कीले दुई गोल गरेपछि बार्सिलोनाले स्पानिस ला लिगामा रियल भाल्लोडोलिडलाई ४-० ले पराजित गरेको छ । लेवान्डोस्कीले लगातार दोस्रो खेलमा दुई गोल गर्दा बार्सिलोनाले पनि लिगमा लगातार दोस्रो खेल जितेको हो । यसअघि रियल सोसिडाडलारुई ४-१ ले हराउदै लेवान्डोस्कीले ला लिगामा गोलको खाता खोल्नुका साथै दुई गोल गरेका थिए ।

National Life

यस सिजन लगातार दोस्रो जित निकाल्दै अपराजित रहेको बार्सिलोनाले तीन खेलबाट ७ अंक जोडेको छ र तेस्रो स्थानमा उक्लेको छ । घरेलु मैदान क्याम्प नोउमा लेवान्डोस्कीले २४औं र ६४औं मिनेटमा गोल गरे । यस्तै पेड्रीले ४३औं र र्जि रोवर्टोले इन्जुरी टाइममा गोल गरे । बार्सिलोनाका नयाँ खेलाडी जुल्स कोन्डेले यसै खेलबाट ला लिगामा डेब्यु समेत गरे ।

प्रतिकृया