• १९ भदौ २०८३, शुक्रबार
  • ११ः१५ राती

केन्याद्वारा नेपाललाई १५७ रनको लक्ष्य

प्रकाशित मिति

२०७९ भाद्र १२ गते, आईतवार ०६:२४

१२ भाद्र २०७९, काठमाडौँ : इरर्फान करिम र राकेउ पटेलको अर्धशतकको सहयोगमा केन्याले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई तेस्रो टी–ट्वान्टीमा १५७ रनको लक्ष्य दिएको छ । नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको केन्याले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर १५६ रन बनायो ।


केन्याका लागि करिमले ५५ रनको अर्धशतकीय पारी खेले । ४७ बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरे । त्यस्तै पटेलले ७३ रनको अर्धशतकीय पारी खेले । ४३ बल खेलेका उनले ५ चौका र ४ छक्का प्रहार गरे । केन्याका लागि सुकदीप सिंहले ८ रन बनाउँदा कोलिन्स ओब्यूएले १४ रन जोडे । नेपालका लागि सोमपाल कामी र आदिल अन्सारीले एक–एक विकेट लिए । नेपाल आइतबार दोस्रो जितको खोजीमा छ । यता केन्या पनि नेपालविरुद्ध दोस्रो जितको खोजीमा छ ।

Kamana Sewa

पाँच खेलको सिरिजमा नेपाल र केन्या १–१ को अवस्थामा रहेको छ । बिहीबार भएको पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो । दोस्रो खेलमा केन्याले नेपाललाई १८ रनले हराएको थियो । नेपाल र केन्याबीच चौंथो टी ट्वान्टी भदौ १३ गते हुनेछ ।

Classic Tech Desktop

प्रतिकृया