• १९ भदौ २०८३, शुक्रबार
  • ११ः५६ राती

जन्मसिद्धका सन्तानलाई नागरिकता किन नदिएको : ओली

प्रकाशित मिति

२०७९ भाद्र १२ गते, आईतवार ०६:३४

१२ भाद्र २०७९, काठमाडौंः  प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई नागरिकता दिने कुरामा एमाले बाधक भयो भनेर सत्तारुढ गठबन्धनले भ्रम फिँजाउने कोसिस गरिरहेको आरोप लगाएका छन् । तर यस्तो भ्रमको खण्डन गर्न पनि उनले सदस्यहरूलाई निर्देशन दिएका छन् । एमाले अध्यक्ष ओलीले सरकारलाई लक्षित गर्दै प्रश्न गरेका थिए, जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिने काम किन अल्झाएर राखेको ? नेकपा एमालेले जनताका हरेक समस्या समाधान गर्दै आएको र गर्ने पार्टी भएको पनि उनको दाबी थियो ।


यस्तै अध्यक्ष ओलीले आफ्नो पार्टीले नागरिकताको समस्या स्थायी रुपमा समाधान गर्न चाहेको पनि बताएका थिए ।‘नेकपा (एमाले) जनताको हरेक समस्या समाधान गर्न चाहन्छ । जनताको समस्या समाधान गरी आएको पार्टी हो । एमाले नागरिकताको समस्या स्थायी रुपमा समाधान होस् भन्ने चाहन्छ । अनि, एमालेकै विरुद्ध अहिले पनि भ्रम फिँजाउन खोज्ने रु पहिले जस्तै ६० वर्ष भन्दा माथिकालाई गोली हानेर मार्छ भनेर गाउँमा कुँदेजस्तै अहिले फेरि अर्को खालको भ्रम फिँजाउन खोज्ने ?

Kamana Sewa

नागरिकता विधेयकका सम्बन्धमा सत्ता गठबन्धन दलले एमाले बाधक भएको भन्दै बहाना बनाएको उनको भनाइ थियो । साथै सत्ता गठबन्धनको गतिविधिलाई उनले कपटपूर्ण रहेको पनि आरोप लगाए । यद्यपि एमालेले स्थायी रुपमा नागरिकताको समाधान चाहेको उनको भनाइ थियो ।

Classic Tech Desktop

प्रतिकृया