• २१ भदौ २०८३, आइतबार
  • ६ः११ बेलुका

एभरेष्ट बैंकको २० लाख कित्ता ऋणपत्र बाँडफाँड

प्रकाशित मिति

२०७९ भाद्र १२ गते, आईतवार ०२:०८

१२ भाद्र २०७९, काठमाडौं: एभरेष्ट बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड भएको छ। गत साउन १८ गतेदेखि भदौ १ गतेसम्म निष्काशन तथा विक्री खुला गरेको एभरेष्ट बैंकको २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र बाँडफाँड भएको कम्पनीले एक सुचना जारी गर्दै जनाएको छ । बैंकले ६ वर्षे अवधि तथा वार्षिक १० दशमलव ५० प्रतिशत ब्याजदर भएको अंकित मूल्य १ हजार रुपैयाँ दरका २० लाख कित्ता ऋणपत्र निष्काशन गरेको थियो। सोही ऋणपत्र बाँडफाँड गरेको हो ।

National Life

बैंकले ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५’ नामक ऋणपत्रमा ऋतपुर्वक आवेदन दिने सम्पूर्ण आवेदकहरुलाई भदौ १० गते शुक्रबारका दिन बाँडफाँड गरेको जनाएको छ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

प्रतिकृया