• २२ भदौ २०८३, सोमबार
  • ६ः५२ बेलुका

चुक्ता पुँजी ३ अर्ब ७१ करोड रुपैयाँ सहित अरुण काबेलीले पायो शतप्रतिशत हकप्रद निष्कासन अनुमति

प्रकाशित मिति

२०७९ भाद्र १२ गते, आईतवार ०१:५४

काठमाडौं। अरुण काबेली पावर लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीलाई हाल कायम चुक्ता पुँजीको १ बराबर १ अनुपातमा हकप्रद जारी गर्ने शुक्रबार विद्युत नियमन आयोगले स्वीकृति दिएको हो।

National Life

कम्पनीको ११ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७र७८को चुक्ता पुँजीमा प्रस्तावित १७ प्रतिशत बोनस सेयरपछि कायम हुन आउने चुक्ता पुँजीको शतप्रतिशत हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरेको थियो।


उक्त बोनस सेयर वितरणपछि अरुण काबेलीको चुक्ता पुँजी १ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ। कम्पनीले सोही बराबरको हकप्रद निष्कासन गर्ने भएको हो। हकप्रद बिक्रीपछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७१ करोड रुपैयाँ पुग्नेछ।

Classic Tech Desktop

कम्पनीमा ७० प्रतिशत प्रमोटरहरुको होल्डिङ छ। जसमध्ये अरुण भ्याली हाइड्रोपावरको २४ प्रतिशत हिस्सा छ भने अपि पावरको ३ प्रतिशत छ। कम्पनी अरुण भ्याली हाइड्रोपावर ग्रुप अन्तर्गत प्रवर्द्धित कम्पनी हो। कम्पनीको मेजर प्रमोटर गुरुप्रसाद न्यौपाने हुन्। यस्तै, ३० प्रतिशत हिस्सा सर्वसाधारणको छ।

हाल कम्पनीले २५ मेगावाट क्षमताको काबेली बी(१ हाइड्रोपावर आयोजना सञ्चानल गर्दै छ। कम्पनी र विद्युत प्राधिकरणबीच १४१।७५ गिगावाट विद्युतका लागि पीपीए सम्पन्न भइसकेको छ।

यस्तै, गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनीले कुल ७५ करोड १० लाख रुपैयाँ बराबरको विद्युत बिक्री गरेको छ। जसबाट कम्पनीलाई २४ करोड ९५ लाख रुपैयाँ खुद नाफा भएको हो।

प्रतिकृया