• १२ असोज २०८३, सोमबार
  • ४ः१४ बिहान

राष्ट्रिय क्रिकेट टोलीको बिदाइ

प्रकाशित मिति

२०७९ भाद्र ६ गते, सोमबार ०२:४८

६ भदौ २०७९ काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टोलीको आज बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले टी-२० र एकदिवसीय क्रिकेट खेल्न केन्या जान लागेको टोलीको बिदाइ गरेको हो। टोली आज अपरान्ह ४ बजे केन्या प्रस्थान गर्ने तयारी रहेको बताइएको छ।

National Life

क्यानका अनुसार नेपालले केन्यासँग ५ खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय र ३ खेलको एकदिवसीय सिरिज खेल्नेछ। ५ खेलको टी-ट्वान्टी सिरिज भदौ ९ बाट १४ गते सम्म हुनेछ। ३ खेलको एकदिवसीय सिरिज भने भदौ १७ बाट २० सम्म चल्नेछ।


दुबै सिरिज नैरोवीस्थित जीमखाना मैदानमा हुनेछ। नेपाल र केन्याबीच सुरुआतमा ५ खेलको टी-ट्वान्टी सिरिज हुनेछ। त्यसपछि एकदिवसीय सिरिज हुनेछ। राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरले केन्या भ्रमणबाट औपचारिक रूपमा नेपाली टिम सम्हाल्नेछन्।

Classic Tech Mobile
Classic Tech Desktop

सिरिजका लागि नेपालले सन्दीप लामिछानेको कप्तानीमा टोली घोषणा गरिसकेको छ। खेलको लागि नेपाली टोलीमा कप्तान सन्दीप लामिछाने, उपकप्तान रोहित पौडेल,आसिफ शेख, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, आदील आलम,करण केसी,ज्ञानेन्द्र मल्ल, सोमपाल कामी,बसिर अहमद, अर्जुन साउद, पवन सर्राफ, शाहब आलम,किशोर महतो,विवेक यादव रहेका छन्।

प्रतिकृया