७ अर्ब घट्यो कर्मचारी सञ्चय कोषको बचत, शेयर २८ अर्ब लगानी
प्रकाशित मिति
२०७९ श्रावण ३१ गते, मंगलवार ११:१८
३१ साउन २०७९, काठमाडौं: कर्मचारी सञ्चय कोषले बचत ७ अर्ब ७७ करोड रुपैयाँले घटेको छ । कोषले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८ र ७९ असार मसान्तसम्मो विवरण अनुसार जगेडा तथा बचतको आकार ३४ अर्ब १९ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यस्तो बचत ४१ अर्ब ९७ करोड रुपैयाँ रहेको थियो ।
बचतसँगै कोषको कुल आकार भने गत वर्षको तुलनामा बढेर ४ खर्ब ५९ अर्ब रुपैयाँमा पुगेको छ । असार मसान्तमा कोषको कुल कोष तथा जगेडाको आकार ४ खर्ब ५९ अर्ब रुपैयाँ पुगेको हो । अघिल्लो वर्ष यस्तो आकार ४ खर्ब ४६ अर्ब रुपैयाँ मात्रै थियो ।

असार मसान्तसम्मको विवरण अनुसार कोषले विभिन्न कम्पनीको शेयर, डिबेञ्चर लगायत धितोपत्रमा गरेर कुल २८ अर्ब १९ करोड रुपैयाँ लगानी गरेको छ । त्यस्तै, कोषसँग भएको कुल रकममध्ये सञ्चय कोषमा ४ खर्ब १६ अर्ब तथा निवृत्तिभरण कोषमा ३अर्ब १६ करोड रुपैयाँ रहेको छ ।

सञ्चय कोषमा रहेको कुल ४ खर्ब ५९ अर्बको कुल कोषमध्ये कोषले सञ्चयकर्तामा मात्रै २ खर्ब २२ अर्ब रुपैयाँ लगानी गरेको छ । केषसँग बैंक तथा वित्तीय संस्थामा १ खर्ब २१ अर्ब रुपैयाँ रहेको छ भने विभिन्न परियोजनामा झन्डै ७५ अर्ब रुपैयाँ लगानी गरेको छ ।




प्रतिकृया