• १६:०२ २०८० चैत्र १६ गते
  • 4:02 pm

रसुवागढी हाइड्रोपावरको आइपिओमा आवेदन दिने आज अन्तिम दिन

प्रकाशित मिति

२०७९ श्रावण ३१ गते, मंगलवार ११:१६

rasuwa gadhi 20201122160024 e1660627753211

३१ साउन २०७९, काठमाडौं: रसुवागढी हाइड्रोपावर लिमिटेडले असार १३ गतेदेखि आयोजना प्रभावित स्थानिय बासिन्दाहरुका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आइपिओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । छिटोमा असार २७ गतेसम्म आवेदन दिन पाइने भनिएकोमा छिटो अवधिमा बिक्री नभएपछि पहिलोपटक म्याद थप गरी श्रावण १० गतेसम्म आवेदन दिन पाइने व्यबस्था गरिएको थियो ।


नेपाल धितोपत्र बोर्डले पून: २१ दिनको समय थप गर्ने स्विकृत प्रदान गरेपछी स्थानियले साउन ३१ गतेसम्म आवेदन दिन पाउने छन् । कम्पनीको प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँ दरका ६८ लाख ४२ हजार १०० कित्ता सेयर आयोजना अति प्रभावित क्षेत्र रसुवाको गोसाइकुण्ड गाउँपालिका वडा नं. १ थुमन र वडा नं. २ टिमुरे, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङ गाउँपालिका वडा नं. ४ गोल्जुङ र वडा नं. ५ चिलिमेका साथै गोसाइकुण्ड गाउँपालिकाका बाँकी वडाहरु वडा नं। ३ बृद्धिम, ४ लाङटाङ, ५ स्याफ्रुबेशी र ६ धुन्चेका साथै सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाबासीहरुमा बाँडफाँट गरिनेछ।


आईपीओमा स्थानियले न्यूनतम १० कित्तादेखि अधिकतममा ७०० कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आईपीओमा छिटोमा असार २७ गते र ढिलोमा साउन १० गतेसम्म आवेदन दिन सक्नेछन् । त्यसैगरी, उक्त साधारण सेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ ।


लगानीकर्ताहरुले यस आईपीओमा विक्री प्रबन्धकसँगै सी– आस्वा सदस्य सेवा प्राप्त गरेका सम्पूर्ण बैँक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

प्रतिकृया