• १२ असोज २०८३, सोमबार
  • ६ः१७ बिहान

यूईएफए वर्ष खेलाडीको मनोनयनमा बेन्जिमा, कोर्तवा र डे ब्रुएना

प्रकाशित मिति

२०७९ श्रावण २७ गते, शुक्रबार ०७:०८

२७ साउन २०७९, काठमाडौं : यूईएफए वर्ष खेलाडीको मनोनयनमा रियल मड्रिडका दुई र म्यानचेष्टर सिटीका एक खेलाडी परेका छन् । युरोपियन फुटबल सर्वोच्च निकाय यूईएफएले शुक्रबार अन्तिम तीन जनाको मनोनयन सार्वजनिक गरेको हो । जसमा रियलबाट फरवार्ड करिम बेन्जिमा र गोलकिपर थिबाउट कोर्तवा तथा सिटीबाट मिडफिल्डर केभिन डे ब्रुएना समावेश छन् ।

National Life

कोर्तवा र डे ब्रुएना दुवै बेल्जियमका हुन् । बेन्जिमा र कवर्तवाले गत सिजन रियल मड्रिडबाट च्याम्पियन्स लिग जितेका थिए । साथै ला लिगा पनि जितेका थिए । बेन्जिमाले च्याम्पियन्स लिगमा १५ गोल गरेका थिए । ब्रुएनाले सिटीबाट प्रिमियर लिग जित्दै लिगको उत्कृष्ट खेलाडी समेत बनेका थिए ।


आगामी अगष्ट २५ मा टर्केको इस्तानबुलमा हुने युइएफए च्याम्पियन्स लिगको समूह चरणको ड्रका अवसरमा विजेताको घोषणा गरिनेछ । यूईएफएको प्राविधिक अध्ययन समूहले सुरुमा १५ खेलाडीको नाम छनोट गर्नेछ र त्यसबाट जुरीले अन्तिम तीन जनाको मनोनयन तयार गर्नेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रशिक्षकतर्फ रियलकै कार्लो एन्सेलोट्टी, सिटीका पेप ग्वार्डिओला र लिभरपुलका योर्गन क्लोप अन्तिम तीनमा परेका छन् । एन्सेलोट्टीको प्रशिक्षणमा रियलले च्याम्पियन्स लिग र ला लिगा जितेको थियो । ग्वार्डिओलाको सिटीले प्रिमियर लिग जितेको थियो भने क्लोपको प्रशिक्षणमा लिभरपुलले एफए कप र लिग कप जितेको थियो ।

प्रतिकृया