• 9:34 pm

सान्चेजले इन्टर मिलान छाड्ने

प्रकाशित मिति

२०७९ श्रावण २४ गते, मंगलवार ०६:५५

२४ साउन २०७९, एजेन्सी : आपसी समझदारीमा इन्टर मिलान र फरवार्ड एलेक्सिस सान्चेजले सम्झौता समाप्त गरेका छन् । ३३ वर्षीय खेलाडीको सहयोगमा सिरी ए क्लब इन्टरले सन् २०२२ को उपाधि जितेको थियो । तर, पूरा समय मैदान बिताउन सान्चेजले निकै मेहनत गर्नुपर्यो ।


इन्टर छाडेका सान्चेज फ्रेन्च क्लब मार्सेली जान चाहन्छन् । यो क्लबमा पछिलो तीन वर्ष बिताएका एलेक्सिस सान्चेजलाई धन्यवाद । उनको भविष्यको लागि कामना गर्दछौ इन्टरले भनेको छ । इन्टरले सिरी ए को नयाँ सिजनको पहिलो खेलमा शनिबार लिससँग खेल्नेछ ।

प्रतिकृया