• २१ भदौ २०८३, आइतबार
  • ५ः२५ बेलुका

एनआईसी एसिया बैंकले माग्यो विभिन्न पदहरुमा कर्मचारी

प्रकाशित मिति

२०७९ श्रावण १८ गते, बुधबार ०४:१७

१८ साउन २०७९, काठमाडौं: के तपाईं आफ्नो योग्यता अनुसारको अवसरको खोजिमा हुनुहुन्छ र? के तपाईंमा असम्भव भन्ने कुरा नै हुदैन भन्नेमा विश्वास छ ? के तपाईं अठोटको अगाडी हर लक्ष्य सम्भव छ भन्नेमा विश्वास गर्नुहुन्छ ? यदि गर्नुहुन्छ भने तपाईं सम्पूर्ण सरोकारवालाहरुको पहिलो रोजाइको बैंक बन्ने उच्च अठोटका साथ अगाडि बढिरहेको एन आई सी एशिया बैंकले तपाईंको खोजी गरिरहेको छ।

National Life

बैंकले प्रगतिको सपना बोकेर अगाडि बढ्न सक्ने योग्य व्यक्तिहरुको खोजीका लागि दरखास्त आह्वान गरेको हो। सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको बैंकले डिजिटल बैंकिङ्ग, मार्केटिङ, आईटी, ब्लगर, भ्लगर लगायत दर्जनभन्दा बढी पदमा कर्मचारीहरु माग गरेको बैंकले जनाएको छ।


बैंकले बजारमा उपलब्ध उत्कृष्ट प्रतिभालाई रोजगारी दिई उपयुक्त वातावरणमा काम गर्ने व्यवस्था मिलाउन लागेको जनाएको छ। यसका लागी इच्छुकले बैंकको वेबसाइटwww.nicasiabank.com/current-vacancies  वा दिइएकोQR Scan गरी २०७९ भाद्र १ गतेसम्म आवेदन दिन सकिने व्यवस्था बैंकले गरेको छ।

Classic Tech Desktop

QR Scan

प्रतिकृया